एन्फाको सीईओमा इन्द्रमान तुलाधर नियुक्त
नेपालखोज
२०८० पुष २ गते २०:१३

काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा इन्द्रमान तुलाधर नियुक्त भएका छन् । सोमबार काठमाडौंमा बसेको एन्फा कार्यसमिति बैठकले एन्फाका पूर्वमहासचिव तुलाधरलाई सीईओ नियुक्त गरेको हो ।
एन्फाको सोमबार बसेको कार्यसमितिको बैठकले तुलाधारलाई सिईओ नियुक्ति गर्ने प्रस्ताव पारित गरे पनि प्रक्रियाको विषयमा भने सदस्यहरुले असन्तुष्टि जनाएको बुझिएको छ ।
वैठकमा अधिकांश सदस्यहरुले खुला प्रतिस्पर्धाबाट सिईओ नियुक्ति गर्नुपर्ने माग राखे पनि सदस्यहरुको मागको भने कुनै सुनुवाई भएन ।
सम्बन्धित
प्रतिक्रिया