राप्रपाले भन्याे- पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर
नेपालखोज
२०८० पुष ५ गते १९:२४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेको छ ।
बिहीबार एक विज्ञप्तिमार्फत राप्रपाले संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त नहुने बताएको छ ।
‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘क्रिस्चियनलाई नमान्ने देशद्रोही हुन्’ भनी एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्मलगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी दिएको अभिव्यक्ति गैरसंवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी छ,’ विज्ञप्तिमा भनिएको छ ।
मन्त्री किराँतीले संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोलेको भन्दै राप्रपाले उनलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ ।

सम्बन्धित
प्रतिक्रिया