बिहीबार, जेठ २, २०८२

राष्ट्र बैकले शुक्रबार २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्ने

नेपालखोज २०८० पुष ५ गते २०:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्ने भएको छ । राष्ट्र बैकका अनुसार पुस छ गते अर्थात शुक्रबार अपरान्ह १२ बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

परिपक्व हुुने अवधि १४ दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती पुस २० गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन् । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया