शुक्रबार, जेठ ३, २०८२

पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार

नेपालखोज २०८० पुष ७ गते २०:०८

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ ।

पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी एक युवकले मकैको खोया प्रहार गरेका हुन् ।

खोया प्रहार गरेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया