पोखरामा बिना अनुमती ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ
नेपालखोज
२०८० पुष ११ गते १८:५५

काठमाडौं । पोखरामा ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–१ स्थित टुडिखेल मैदानमा ड्रोन उडाइरहेको अवस्थामा उनी पक्राउ परेको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा २५ वर्षीय चेन देङ सेन रहेका छन्। प्रहरीले ड्रोन पनि बरामद गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया