शनिबार, जेठ ४, २०८२

आजको मौसम पूर्वानुमान

नेपालखोज २०८० पुष १७ गते ७:१३

काठमाडौं । मंगलबार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बांकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया