इतिहासविद् चेम्जोङको सालिक अनावरण
नेपालखोज
२०८० पुष १८ गते ९:२२

बनियानी (झापा) । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद् इमानसिंह चेम्जोङको सालिक निर्माण गरिएको छ ।
१५ लाख ६० हजार नौ सय ६६ को लागतमा सालिक निर्माण स्थल सहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिए । यसका लागि दाताहरुबाट २१ लाख ५२ हजार दुई सय ५६ सङ्कलन गरिएको र छ लाख ३१ हजार दुई सय ९० बचत समेत भएको संयोजक चेम्जोङले बताए ।
हाल पठनपाठन हुँदै आएको किराँत भाषा र लिपिको विकास एवं विस्तारमा इमानसिंह को योगदान उच्च रहेको छ । तस्बिर चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी सरकारले उनलाई राष्ट्रिय प्रतिभाका रूपमा मान्यता दिएको छ ।
यसैबीच स्व चेम्जोङको एक सय २१औँ जन्मजयन्तीका अवसरमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले उक्त सालिक अनावरणसमेत गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया