जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०८० पुष २३ गते १३:०३

उदयपुर । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–२ झण्डीपुर बस्ने २१ वर्षीय दिपन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मगरलते ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया