चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सिकोलास्थित एक्टिभ मोबाइल पसलबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सप्तरी कटौना गाउँपालिका–९ घर भई काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय रामानन्द मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलबाट मंसिर १४ गते राति विभिन्न कम्पनिका २७ थान मोबाइल सेट तथा घडीहरू समेत गरी करिब ५ लाख ५२ हजार ९ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मण्डललाई काठमाडौं पेप्सिकोलाबाट चोरी गरेका १४ थान मोबाइलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
मोरङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–९ ज्योतिटोल बस्ने २४ वर्षीय श्याम बर्देवालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
बर्देवाले ती बालिकालाई आफ्नै घरमा लगेर शुक्रबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हर्नेट जस्तो देखिने हतियारसहित एक जना पक्राउ
कास्की । पोखरा महानगरपालिका–३ नदिपुर एरियाबाट हर्नेटजस्तो देखिने हतियार १ थानसहित सोही ठाउँ बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ घर भएका ६९ वर्षीय यमबिर गर्बुजालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले गर्बुजाको घरको तलासी गर्ने क्रममा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया