शनिबार, वैशाख १३, २०८२

चक्रवर्ती कलेजका सञ्चालकमाथि कुटपिट

नेपालखोज २०८० पुष २४ गते १५:०४

काठमाडौं । विजुलीबजारस्थित चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्र भण्डारीमाथि कुटपिट भएको छ ।

उनका छोरा निरज भण्डारीसहितको समूहले सोमबार बेलुकी धारिलो हतियार प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

कलेज स्रोतका अनुसार, बाबुछोराबीच कलेज सञ्चालनको विषयमा विगत केही समयदेखि विवाद हुँदै आएको थियो । हालै छोरा निरजले कलेज परिसरमा ‘देवेन्द्र भण्डारीलाई प्रवेश निषेध’ उल्लेखित ब्यानर टाँगेका थिए ।

सोमबारदेखि छोरा निरजले कलेजको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिने बताउँदै आएका थिए । त्यसक्रममा केही व्यक्तिहरुको समूह लिएर पुगेका बेला बाबुसँग झगडा भएको थियो । यसबारे बुबा देवेन्द्रले प्रहरी वृत्त, बानेश्वरलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया