आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ ।
यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १४ पैसा पुगेको छ ।
बुधबारको तुलनामा पाउण्को भाउ बढेको छ। बुधबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३४ पैसा रहेको थियो ।
त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ३९ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ५५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया