बिहीबार, असार १९, २०८२

संसद् अधिवेशन आह्वानको तयारीबारे सभामुखलाई जानकारी

नेपालखोज २०८० माघ ९ गते १८:०८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरेसँग सङ्घीय संसद् अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमा जानकारी गराएका छन् ।

आजको मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमार्फत जानकारी गराए सभामुखको सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही माघ २२ गते दिनको ४ बजे आह्वान गर्ने तयारी भएको आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने तयारी गरेको छ । रासस

प्रतिक्रिया