तराईमा हुस्सु/कुहिरो, उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
नेपालखोज
२०८० माघ १० गते ६:३०
काठमाडाैं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका भु-भागहरुमा हुस्सुरकुहिरो लागेको महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाउकाे छ ।
सम्बन्धित
प्रतिक्रिया