राहुल महरालाई थुनामा पठाउने आदेश उच्च अदालतबाट पनि सदर
नेपालखोज
२०८० माघ ११ गते १८:५०

काठमाडौं । भेपमार्फत भएको सुन तस्करीको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको थुनछेक आदेश सदर गरेको छ । यो आदेशसँगै भेप प्रकरणमा पक्राउ परेका राहुल महरा थुनामा नै रहने भएका छन् ।
अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल जिल्ला अदालत काठमाडौंको आदेशपछि थुनामै रहेका थिए ।
न्यायाधीश अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।
राहुलमाथि आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधको अभियोगमा मुद्दा चलेको थियो ।
सम्बन्धित
प्रतिक्रिया