अफ्रिकी विशेषज्ञहरू खाद्य मापदण्डबारे छलफलमा

किगाली । अफ्रिकी खाद्य मापदण्डको सामञ्जस्य गर्दै महाद्वीपमा स्वतन्त्र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले रुवान्डाको राजधानी किगालीमा सोमबार आयोजित बैठकमा सहभागी विज्ञहरूले खाद्य सुरक्षाका लागि मापदण्डको सन्तुलनमा जोड दिएका छन् ।
अफ्रिकाको अन्तरसरकारी मापदण्ड निकाय, मानकीकरणका लागि अफ्रिकी सङ्गठनद्वारा आयोजित बैठक अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयनको ढाँचामा केन्द्रित छ। रुवान्डा मानक बोर्डका महानिर्देशक रेमन्ड मुरेन्जीले उद्घाटनका क्रममा सबै देशहरू खाद्य सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध भएकाले अन्तर(अफ्रिका व्यापारलाई सहज बनाउन आवश्यक मापदण्ड निर्माणमा जोड दिएका छन् ।
आवश्यक मापदण्ड मानकीकरणका लागि अफ्रिकी सङ्गठनका महासचिव हर्मोजेन सेन्गिमानाले सदस्य र साझेदारहरूसँगको सहकार्यमा अन्तरसरकारी मानक निकाय सक्षम भएको दाबी गरेका छन् । ‘हामी अफ्रिकी मापदण्डहरू विकास गर्न र मिलाउन सराहनीय काम गर्न जारी राख्ने देशहरू र विशेषज्ञहरूको सहयोगप्रति खुसी छौं। यो एउटा राम्रो कदम हो जुन हामीले एक मानक, एक परीक्षण, सबै ठाउँमा एक प्रमाणपत्र-स्वीकार गर्ने महादेशको रूपमा विकास गरेका छौं,’ उनले भने ।
रुवाण्डाको वाणिज्य तथा उद्योग मन्त्रालयका स्थायी सचिव रिचर्ड निवेनशुटीले मापदण्ड र अन्य आवश्यकताहरू मिलाउन एकसाथ प्रयासमा संलग्न अफ्रिकी देशहरूको प्रशंसा गरेका छन् । उनले नमिलेका मापदण्ड मिलाउन जरुरी रहेको बताउन भएको छ । फेब्रुअरी १६ सम्म चल्ने एक हप्ता लामो बैठकले २०० वटा मापदण्डहरू मिलाउने प्रयास गरेको छ ।
मानकीकरणका लागि अफ्रिकी सङ्गठनलाई अन्तर-अफ्रिका व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले मेलमिलापका लागि मापदण्ड र सो अनुरूप मूल्याङ्कन प्रक्रियाहरू समन्वय गर्न जिम्मेवार बनाइदै छ । उक्त निकायले मत्स्य उत्पादन, दुग्ध उत्पादन, बागवानी, कफी, कोकोआ र चिया, जीवित जनावर, पशुखाना, कृषि तथा जैविक प्रविधिलगायत आठ प्राथमिकताका क्षेत्रहरूमा मापदण्ड मिलाउने कार्यलाई प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया