बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुवै नेताले अमेरिकी राष्ट्रपतिका लागि अर्थपूर्ण मानिएको राज्य मिचिगनमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको प्राइमरी मतदानमा जित हासिल गर्ने अनुमान गरिएको छ ।
एनबीसी न्यूज, द एसोसिएटेड प्रेस, द वासिङ्टन पोस्ट, द वाल स्ट्रिट जर्नल, एबीसी न्यूज लगायत सञ्चारमाध्यमले उत्तरी राज्यमा स्थानीय समयअनुसार राति ८ः०० बजे मतदान सम्पन्न भएको केही मिनेटपछि उक्त प्रक्षेपण गरेका हुन् ।
राष्ट्रपति बाइडेनले मिनेसोटाका सांसद डीन फिलिप्सलाई सहजै पराजित गरेका छन् । मिचिगनमा युवा साथै मुस्लिम र अरब अमेरिकी मतदातालगायत विभिन्न अधिकारकर्मीहरूले इजरायल–प्यालेस्टाइन द्वन्द्वलाई बाइडेन प्रशासनले गरेको व्यवहारको विरोधमा ‘अप्रतिबद्ध’ रूपमा मतदान गर्ने अभियानको संयोजन गरेका थिए ।
सन् २०१६ मा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई ११ हजार मतले पराजित गर्नुभएको मिचिगनमा बीस हजारभन्दा बढी डेमोक्र्याट मतदाताहरूले ‘अप्रतिबद्ध’ विकल्पको लागि मतदान गरेका छन् ।
प्रतिक्रिया