करिब एक लाख अफगानी आप्रवासी स्वदेश फिर्ता

काबुल । इरान, पाकिस्तान र टर्कीबाट एक महिनामा करिब एक लाख आप्रवासी त्यहाँ बस्ने विकल्पहरू नहुँदा अफगानिस्तान फर्केका छन् ।
तालिबान नेतृत्वको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विदेशबाट फर्केका नागरिकको सङ्ख्या पुष्टि गर्दै सबैलाई पुनः स्थापनाका लागि सरकारले सहयोग गरेको जनाएको छ ।
“जनवरी महिनामा पाकिस्तान, इरान र टर्कीबाट ९६ हजार ४९० अफगानी आप्रवासी स्वदेश फिर्ता भएका छन् । उनीहरूको व्यवस्थापनका लागि हामीसँग समितिहरू छन् । सीमामा उनीहरूलाई यात्रा भत्ता, खाना र गैर–खाद्य सहायता र जाडोका लुगाहरू दिई उनीहरूको गाउँ तथा शहरहरूमा जाने व्यवस्था गर्ने गरी क्षेत्रीय प्रशासनलाई जिम्मा लगाइने गरेको छ ।
‘प्रत्येक परिवारलाई १० हजार नगद सहयोग प्रदान गरिएको छ,’ शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका उपमन्त्री अब्दुल रहमान रसिदले भने ।
साथै, स्वदेश फर्केका केही आप्रवासीले तालिबान सरकारसँग उनीहरूलाई रोजगारीको अवसर उपलब्ध गराउन अनुरोध गरिरहेका छन् । पायिन्दाले पाकिस्तानबाट आफ्नो सात सदस्यीय परिवारसँग स्वदेश फर्केपछि आप्रवासनका चुनौतीहरूबारे पायिन्दा थर बताउने अफगान नागरिकले भने, ‘तिनीहरूले हाम्रो पैसा लुट्थे । हामी हामी अफगानिस्तानबाट पाकिस्तान पुगेका थियौँ त्यसैले स्वतन्त्र रूपमा यात्रा गर्न वा स्वास्थ्य परीक्षणका लागि राम्रो चिकित्सकलाई भेट्न असमर्थ थियौं ।’
प्रतिक्रिया