शनिबार, वैशाख १५, २०८१

आज विदेशी मुद्राको मूल्य बढ्यो

नेपालखोज २०८० चैत ११ गते ८:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी र अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन। शनिबार कारोबार भएकै मूल्यमा आज पनि धेरै विदेशी मुद्राको कारोबार हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ।
आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। यो पनि हिजोकै कारोबार मूल्य हो ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा निर्धारण भएको छ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।
आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ २६ पैसा निर्धारण भएको छ।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया