सोमबार, वैशाख १७, २०८१

‘इद–उल–फित्रले सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न सिकाउँछ’

नेपालखोज २०८० चैत २९ गते ८:४०

काठमाडौं । रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीहरूको पर्व ‘इद–उल–फित्र’ का अवसरमा देश– विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, सुस्वास्थ्य, शान्ति एवं समृद्धिको कामना गरेका छन् ।

इदका अवसरमा जारी गरेका शुभकामना सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुकमा यस्ता पर्वले आपसी एकता एवं सद्भाव बढाउने बताएका छन् ।

उपराष्ट्रपति यादवले सन्देशमा विविधतामा एकता हाम्रो मौलिक पहिचान र विशेषता हो भन्दै देशमा मनाइने यी र यस्ता पर्वले समुदाय, समाजमा भ्रातृत्व, मेलमिलाप तथा अपनत्वभावलाई प्रोत्साहन गर्दै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

खुसी, भ्रातृत्व, सद्भाव, मेलमिलाप, सामूहिकतामा एकता र क्षमाको प्रतीकका रुपमा रहेको इद–उल–फित्रले सबैलाई एकापसमा मिलेर बस्न सन्देश दिएको बताउँदै उनले गरिब र सहयोगको आवश्यकता रहेकालाई मद्दत गर्न उत्प्रेरित गर्ने तथा जीवनमा आशा र विश्वासको सन्देश दिँदै सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न सिकाउने सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया