बढ्यो सुनको मूल्य
नेपालखोज
२०८१ जेठ ६ गते १२:४७

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा थप वृद्धि भएको छ । अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको सुरुको दिन बढेर १ लाख ४० हजार ९०० रुपैयाँ पुगेको हो।
यस्तै तेजावी सुन तोलामा तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ ।
शुक्रबार तोलामा १८०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर १९१० रुपैयाँ पुगेको हो । जसअनुसार चाँदीको मूल्य तोलामा ११० रुपैयाँ वृद्धि भएको छ ।
सम्बन्धित
प्रतिक्रिया