चारवटा संसदीय समितिको बैठक बस्दै

नेपालखोज २०८१ भदौ २ गते ८:५५

काठमाडौं । चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज कानून, महिला र पूर्वाधार समिति, महिला समिति, पूर्वाधार समिति र कृषि समितिको बैठक आज बस्दै छ ।

कानून, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने महिला समितिमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची छ ।

पूर्वाधार समितिमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया