रास्वपा केन्द्रीय समितिको बैठक जारी

नेपालखोज २०८१ भदौ ५ गते ९:२९

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बैठक केही बेरअघि सुरु भएको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदन, समसामयिक राजनीति र पार्टी गतिविधि, राष्ट्रिय भेला, कार्ययोजना, संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशमा विधान संशोधन, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने छ ।

प्रतिक्रिया