रामेछापको लेखर्कमा पहिरो, ३ जनाको शव फेला ११ जना बेपत्ता
नेपालखोज
२०८१ भदौ ९ गते ९:१२

रामेछाप । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्कमा पहरी गाउँमा गएराति पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएको अनुमान छ ।
शनिबार रातिदेखि परेको अविरल वर्षापछि वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर पहिरो खसेको र चारवटा घर बगाएको घटनास्थलमा पुगेका स्थानीय पत्रकार सिहराज योञ्जनले जानकारी दिए ।
उनका अनुसार – ‘अहिलेसम्म तीनवटा शव निकालिएको छ। त्यसमा १ जना बालक रहेका छन्। थप ११ जनाको अवस्था अज्ञात छ। केही शवहरू देखा परेका छन् । शव निकाल्ने काम भइरहेको छ । केहीलाई भने बगाएको आशंका छ ।’
घटनास्थलमा उद्धारको काम सुरु भएको छ । थप विवरण आउन बाँकी छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सम्बन्धित
प्रतिक्रिया