कांग्रेसको पेशागत तथा वुद्धिजीवी विभागमा १० सदस्य मनोनित
नेपालखोज
२०८१ भदौ १३ गते १९:०८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला प्रमुख रहेको पेशागत तथा वुद्धिजीवी विभागको सदस्यमा विभिन्न सदस्य मनोनयन गरेका छन् । उनले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आज १० सदस्य मनोनयन गरेका हुन् ।
विभागमा डा. लोकनाथ दुलाल, डा. विष्णु बस्याल, डा तबस्सुम सिद्दिकी, देवराज अवस्थी, मनबहादुर थापा, इञ्जिनियर दिलीपकुमार झा, इञ्जिनियर मनोज घिमिरे, गणेश शाही, डम्बरबहादुर विक र विजय सम्बाहाम्फे मनोनित हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया