कविता : रेडलाइट एरिया
बसन्त बस्नेत
२०८१ भदौ १५ गते १९:४९
बाबरी र सयपत्रीको सुगन्धले,
बासी त्यी शरीर फक्रिएको हुन्थ्यो,
बैँसका लजालु भाव,
बासी शरीरमा नि कसरी अडिएकै हुन्थ्यो,
दिन ढल्थ्यो, पर्दा लाग्थ्यो,
समयसँग दिक्दार भएका मान्छे,
समयकै प्यासी भई,
कसै अपरिचितको शरीरसँग खेल्न पुग्थे,
न रङ्ग खोज्थे,
न जात खोज्थे,
बरु प्यास मेटाउन खोज्थे,
बरु कपडा च्यातेर,
च्यात्तिएको थाहा नपाउन खोज्थे ।
सम्बन्धित
प्रतिक्रिया