बिहीबार, असार १९, २०८२

सिबिहा युक्रेनको नयाँ विदेशमन्त्री नियुक्त

नेपालखोज २०८१ भदौ २० गते २२:०३

किएभ । युक्रेनी संसदले रिक्त विदेशमन्त्रीमा एन्ड्री सिबिहालाई नियुक्त गर्ने पक्षमा मतदान गरेको सांसद ओलेक्सी होन्चारेन्कोले बताएका छन् ।

सिबिहाले उपस्थित ३१५ सांसदमध्ये २५८ को समर्थन प्राप्त गरेको होन्चारेन्कोले टेलिग्राममार्फत् जानकारी गराएका छन् ।

बुधबार राजीनामा दिएकी कुलेबालाई संसदले बर्खास्त गर्ने पक्षमा मतदान गरेको थियो ।

राष्ट्रपति कार्यालयको उपप्रमुखका रूपमा समेत काम गरेकी ४९ वर्षीया सिबिहा अप्रिलदेखि कुलेबाले नेतृत्व गरेको विदेश मन्त्रालयमा उप–मन्त्री बनेका थिए ।

प्रतिक्रिया