मंगलबार, वैशाख १६, २०८२

नेपाल एसबीआई बैंकद्वारा शाखा कार्यालय स्थानान्तरण

नेपालखोज २०८१ भदौ २५ गते १३:१७

काठमाडौं । नेपालद एसबिआई बैंकले शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं–०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको हो ।

उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

बैंकले हाल सबै क्षेत्रमा गरी एक सयवटा शाखा कार्यालय, २२ वटा एक्टेन्सन काउन्टर, १९ वटा शाखारहित सेवा केन्द्र, सात वटा प्रादेशिक कार्यालय, एक सय २१ वटा एटिएम काउन्टर र एउटा कर्पोेरेट कार्यालय मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया