बिहीबार, असार १९, २०८२

१३ अंकले घट्दा सात अर्ब २४ करोडको सेयर किनबेच

नेपालखोज २०८१ भदौ २५ गते १५:२६

काठमाडौं । नेप्सेको निरन्तरको गिरावटले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ५५ दशमलव ४६ अंकले घटेको नेप्से आज पुन १३ दशमलव शुन्य नौं अंकले घटेर २६ सय ३२ दशमलव ९४ अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८० अंकले घटेर चार सय ६७ दशमलव ३८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २८ वटा कम्पनीहरुको ९३ हजार चरा सय ५९ पटकको कारोबारमा एक करोड ९० लाख ७७ हजार पाँच सय ८३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब २४ करोड ५५ लाख ६८ हजार चार सय २१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा होटेल तथा पर्यटन समूहको सूचक स्थिर रहेको छ भने व्यापार समूहको सूचक २९ दशमलव ४९ अंकले बढेर ३७ सय २८ दशमलव ६० अंकमा चढेको छ । यि बाहेकका बाँकी समूहहरुको सूचक भने घटेका छन् ।

जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ६४ अंंकले घटेर १४ सय ६३ दशमलव ८९ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ३७ दशमलव २४ अंकले घटेर पाँच हजार दुई सय ८४ दशमलव ६० अंकमा झरेको छ । फाट्नाइन्स समूहको सूचक पनि ३३ दशमलव २३ अंकले घटेर ३२ सय ९० दशमलव ५८ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि २३ दशमलव १८ अंकले घटेर ३२ दशमलव १३ दशमलव ७४ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि एक सय दशमलव १८ अंकले घटेर १२ हजार नौं सय ६९ दशमलव शून्य नौ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ५३ दशमलव ६१ अंकले घटेर १३ हजार दुई सय चार दशमलव ८१ अंकमा झरेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, सामूहिक लगानी कोष, लघुवित्त र अन्य समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मानुषी लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ लगानी वृद्धि योजना ३ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीह्रुको सूचीमा भने हाइड्रो इलेक्ट्रिीसिटी एण्ड डेभलपमेन्ट कम्पनी परेको छ ।

प्रतिक्रिया