बुधबार, असोज ३०, २०८१

प्रसङ्ग प्रधानमन्त्रीको हार्वर्ड विश्वविद्यालयको भ्रमणको क्रममा हुने सम्बोधन !

डा. अम्बिका शर्मा २०८१ असोज १ गते १३:५६

१.नेपाल र संयुक्त राज्य अमेरिकाका बीच दशकौ देखिको ऐतिहासिक र सांस्कृतिक सम्बन्धहरू रही आएका छन् । यसै हप्ताको को अन्ततिर प्रधानमन्त्रीले अमेरिका भ्रमण गर्नुहुने र भ्रमणको क्रममा हार्वर्ड विश्वविद्यालयमा गर्ने सम्बोधनलाई सवै नेपालीले उत्सुकता साथ पर्खी रहेका छन् । सम्वोधनमा विशेष गरेर प्रधानमन्त्रीले नेपाल र संयुक्त राज्य अमेरिका बीच सन् १९४७ मा औपचारिक रूपमा स्थापित भएका दीर्घकालीन कूटनीतिक सम्बन्धहरूको ऐतिहासिक सन्दर्भका साथै समय क्रमले विकसित भएका ऐतिहासिक र सांस्कृतिक सम्बन्धहरू, विशेषत: नेपालले विश्व शान्तिका लागि गरेको योगदानको बारेमा बढ्दो वैश्विक जिज्ञासालाई प्रदर्शन गरेको विषय वस्तु लाई उजागर गर्नुहुने अनुमान गरिएको छ ।

यसैगरी सम्वोधनमा नेपालमा दशकौं देखि विकास भएको नेपालको समृद्ध सांस्कृतिक विरासत, जसमा नेपाली कला, धर्म (विशेष गरी बौद्ध धर्म), र परम्पराहरूको महत्व, जसले अमेरिका लगायत विश्वभरि, प्रतिध्वनि पाएको विषय, पर्यटन, शैक्षिक आदानप्रदान, र सांस्कृतिक कार्यक्रमहरू मार्फत दुई राष्ट्रहरूबीचको गहिरिँदो सम्बन्धलाई अझ कसिलो बनाउदै लगेको विषय उजागर गर्नु उपयुक्त हुन्छ ।

२.शैक्षिक आदानप्रदान जस्ता सहकार्यले नेपाल र समृद्ध देश विच रहेको शिक्षा तथा विज्ञान प्रविधिको खाडल कम गर्न पुग्ने महत्वपूर्ण भूमिका जसले नेपाल जस्ता अल्प विकशित राष्ट्रहरूको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहने र हार्वर्ड जस्ता संस्थाहरूले नेपाल जस्ता देशहरूको आकांक्षालाई कसरी समर्थन गर्न सक्छन् भन्ने कुरामा केन्द्रित हुनुपर्छ । अमेरिकामा उच्च शिक्षा हासिल गरिरहेका नेपाली विद्यार्थीहरूको बढ्दो संख्यालाई उजागर गरी नेपाल र संयुक्त राज्य अमेरिकाका विश्व विद्यालय विच विभिन्न किसिमको अनुसन्धानमा हुन सक्ने सहकार्यका अवसरहरू, विशेष गरी जलवायु विज्ञान, सार्वजनिक स्वास्थ्य, र प्रविधि जस्ता क्षेत्रहरूमा, जहाँ दुवै राष्ट्रहरूले परस्पर ज्ञान आदान प्रदानबाट लाभ उठाउन सक्ने देखिन्छ ।

३. सम्बोधनको क्रममा प्रधानमन्त्रीले लोक तन्त्रको स्थापना पश्चात नेपालको विकास यात्रामा भएको ईमानदार र आशावादी दृष्टिकोण प्रस्तुत गर्नु महत्वपूर्ण छ । नेपालले सामना गर्नुपरेका विकासका चुनौती र बाधाहरू , जस्तै धनि र गरिव बीचको बढ्दो खाडल ,अव्यवस्थित सहरी र ग्रामीण विकास , ग्रामिण क्षेत्रले भोगेको कठिन जीवन यापन जसलाई देशको कठिन भूगोलले समेत झन् जटिल बनाएको विषय बस्तु साथै नेपालले सामाना गर्दै आएको प्राकृतिक विपत्तिहरू, राजनीतिक संक्रमणहरू, र आर्थिक चुनौतीहरूबाट पुन: स्थापित हुने नेपालको क्षमता, विकास गर्न दृढ निश्चयी राष्ट्रको चित्रण गर्न सक्नु प्रधानमन्त्रीको चातुर्यता ठहरिने छ ।

यी चुनौतीहरूको बावजुद विभिन्न क्षेत्रहरूमा भएका उल्लेखनीय उपलब्धिहरूलाई सेलिब्रेट गर्नु, जसमा गरिबी कम गर्ने, लैंगिक समानता प्रवर्द्धन, स्वास्थ्य सेवा विस्तार, र शिक्षामा सुधार र लामो ससस्त्र द्वन्द को सकुशल विसर्जन गरेका को विषय वस्तु, २०१५ को भूकम्पपछि राष्ट्रले गरेको पुनर्निर्माणका कार्यमा भएको प्रगति समावेश गर्न सकिने छ ।

.सम्वोधनका क्रममा नेपालका आन्तरिक मुद्दाहरू मात्र होइन, विश्वव्यापी चुनौतीहरूमा नेपालको धारणा पनि उजागर गर्नु पर्दछ । विशेष गरेर जलवायु परिवर्तन, उच्च-उचाइको भूगोलका कारण जलवायु परिवर्तनप्रति नेपालको विशेष प्रकारको संवेदनशीलता, हिमालयका हिउँ पग्लिने समस्या र देशले यसलाई कसरी सम्बोधन गर्दैछ भन्ने कुरा समावेश गर्न सकिनेछ ।

५. अमेरिकामा बसोबास गर्ने नेपाली प्रवासीहरूले रेमिट्यान्स, परोपकारी प्रयासहरू, र ज्ञान स्थानान्तरण मार्फत नेपालको अर्थतन्त्रमा कसरी योगदान गरिरहेका छन् , नेपाली-अमेरिकीहरूको विभिन्न क्षेत्रहरूमा जस्तै शैक्षिक, व्यापार, प्रविधि, र स्वास्थ्य सेवामा हासिल गरेका उपलब्धिहरू, र कसरी उनीहरूले अमेरिकाको सामाजिक र आर्थिक समृद्धि मा निर्वाह गरेका योगदान हरु ।

६. सम्बोधनको एक प्रमुख हिस्सा भविष्यका सम्बन्धहरू बनाउने विषयमा केन्द्रित गर्न सकिने छ । विषेस गरेर हार्वर्ड र नेपाली संस्थाहरूबीचको सहकार्यात्मक अनुसन्धान परियोजनाहरू, वा प्रविधि स्थानान्तरणहरु जसमा दुवै देशले साझा लक्ष्यहरू प्राप्त गर्न संगै काम गर्न सक्ने क्षेत्रहरू, जस्तै विश्वव्यापी शिक्षा अगाडि बढाउने विषय, मानव अधिकारको प्रवर्धन गर्ने विषय र जलवायु परिवर्तनले उत्पन्न गरेका चुनौतीहरू सम्बोधन गर्ने जस्ता विषय वस्तु समावेश गर्न सकिन्छ ।

७. प्रधानमन्त्रीले सम्बोधनको अन्त्यमा संवाद र पारस्परिक बुझाइको महत्त्वलाई जोड दिँदै, विद्यार्थी र प्राध्यापकहरूलाई नेपालको संस्कृति, इतिहास, र सम्भावनाहरू अन्वेषण गर्न प्रोत्साहित गरी हार्वर्ड र नेपालबीच एक दिगो बौद्धिक र सांस्कृतिक सहकार्य गरी नविन विश्व निर्माणमा मद्दत पुर्याउने विषयमा जोड दिनु समय सान्दर्भिक देखिने छ ।

प्रतिक्रिया