आइतबार, असोज २७, २०८१

जहाँ अझै पनि पेजर प्रयोग गरिन्छ ? 

नेपालखोज २०८१ असोज ३ गते ११:०१

काठमाडाैं । गएको मङ्गलवार लेबनान र सिरियाका केही क्षेत्रमा शृङ्खलाबद्ध विस्फोट भए जसमा सैकडौं मानिस मारिनुका साथै हज्जारौं मानिस घाइते भए । उक्त  विस्फोटमा पेजर प्रयोग गरिएको थियो । पेजर जसलाई  धेरै मानिसले लगभग बिर्सिसकेका थिए । 

अब प्रश्न उठ्छ संसारमा अझै पनि पेजरको प्रयोग भइरहेको छ ? यहाँ आज हामी तपाईँलाई कुन – कुन देशमा पेजर प्रयोग गरिन्छ भन्ने कुरा बताउन गइरहेका छौँ। 

के हो पेजर ?  

पेजर एउटा सानो ताररहित सञ्चार उपकरण हो, जुन विशेष गरी सन्देशहरू पठाउन र प्राप्त गर्न प्रयोग गरिन्छ। यसलाई बिपर पनि भनिन्छ। यस्तो पेजर १९८० र १९९० को दशकमा व्यापक रूपमा प्रयोग गरिन्थ्यो, जब मोबाइल फोनको प्रवेश सीमित थियो। नेपालमा मोबाइल प्रयोगमा आउनु अघि केही समय पेजर प्रयोगमा थियो ।

पेजर अझै पनि यी देशमा प्रयोग भइरहेको छ : 

अमेरिका: पेजर अमेरिकाको अस्पताल तथा स्वास्थ्य सेवा क्षेत्रमा प्रयोग गरिन्छ। यद्यपि यसको प्रयोग नगन्य छ । 

जापान : अझै पनि जापानका केही भागमा सञ्चारका लागि पेजर प्रयोग गरिन्छ। स्वास्थ्य सेवा र अत्यावश्यक सेवाहरूमा पनि यसको प्रयोग भइरहेको छ।  

बेलायत : संयुक्त अधिराज्यको राष्ट्रिय स्वास्थ्य सेवा एउटा यस्तो प्रणाली हो जहाँ पेजर अझै पनि व्यापक रूपमा प्रयोग गरिन्छ । जानकारी अनुसार अहिले पनि यहाँ हजारौँ पेजर प्रयोगमा छन् ।  

क्यानडा अमेरिका जस्तै यहाँ पनि केही क्षेत्रमा पेजर प्रयोग भइरहेको छ । यहाँ पनि स्वास्थ्य सेवा, आकस्मिक सेवा र दुर्गम क्षेत्रमा यसको प्रयोग गरिन्छ। 

स्विजरल्याण्ड : यहाँ पनि चुनिएका क्षेत्रमा पेजर प्रयोग गरिन्छ जसमा अस्पताल तथा केही उद्योगहरू समावेश छन्। 

किन अझै पनि पेजर प्रयोग गरिन्छ ? 

अझै पनि धेरै क्षेत्रहरू छन् जहाँ इन्टरनेट कभरेज धेरै कम छ। त्यहाँ कतिपय अवस्थामा  कल, म्यासेज वा इन्टरनेट आदि प्रयोग गर्न सकिँदैन। यस्तो अवस्थामा पेजरले ठुलो भूमिका खेल्छ। यसले कमजोर नेटवर्क भएको क्षेत्रमा पनि सजिलै काम गर्न सक्छ।  

पेजर मुख्यतया दुई प्रकारका हुन्छन् : 

प्रयोगकर्ताहरूले पेजर भित्र बलियो ब्याट्री लाइफ पाउँछन् । यसलाई एक पटकको चार्जमा एक हप्तासम्म चलाउन सकिन्छ। जानकारीका अनुसार यसले मोबाइलभन्दा छिटो म्यासेज पठाउँछ ।  

वन-वे पेजर : यसमा प्रयोगकर्ताहरूले सन्देश मात्र प्राप्त गर्न सक्छन् तर जवाफ दिन सक्दैनन्।  

दुईतर्फी पेजर : यसमा प्रयोगकर्ताहरूले सन्देश प्राप्त गर्नुका साथै जवाफ पनि पठाउन सक्छन् । 

प्रतिक्रिया