अन्ततः २५ सय बिन्दुको वरिपरी नेप्से , ५९ अंकले घट्दा पाँच अर्ब ६६ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से परिसुचक अन्ततः २५ सय बिन्दुको वरिपरी घुमेको छ । अघिल्लो दिन ११ दशमलव ५८ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार ५९ दशमलव शुन्य दुई अंकले घटेर २५ सय २९ दशमलव ३३ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव शुन्य एक अंकले घटेर चार सय ५४ दशमलव ४१ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २९ वटा कम्पनीहरुको ७७ हजार एक सय ५३ पटकको कारोबारमा एक करोड ३५ लाख ३५ हजार नौं सय तीन कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार छ सय ८३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दशमलव ७८ अंकले घटेर १४ सय ५८ दशमलव ५४ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय २६ दशमलव शुन्य पाँच अंकले घटेर चार हजार नौं सय ९५ दशमलव २२ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि एक सय ६७ दशमलव ९६ अंकले घटेर २८ सय ५१ दशमलव ६८ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ९२ दशमलव ६१ अंकले घटेर तीन हजार एक सय आठ दशमलव २४ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय ९६ दशमलव २५ अंकले घटेर १२ हजार दुई सय ५८ दशमलव ६६ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि तीन सय ५१ दशमलव शुन्य एक अंकले घटेर १२ हजार छ सय ६१ दशमलव ६८ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुडविल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स पहिलो स्थानमा परेको छ ।
प्रतिक्रिया