पाँच दिनमा २६ अर्ब नौं करोड ७४ लाख रुपैंयाँको शेयर किनबेच
सातामा शेयरबजार, नेप्से २४ सय ८६ बिन्दुमा

काठमाडौं । यस साता सेयर बजार परिसुचक नेप्से दुई हजार चार सय ८६ दशमलव ७६ बिन्दुमा सिमित भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४७ दशमलव ४५ बिन्दुुमा सिमित भएको छ ।
यस साता धितोपत्र बजारमा तीन सय २९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन लाख ६२ हजार ५० पटकको कारोबारमा सात करोड ५७ लाख १७ हजार पाँच सय ४८ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २६ अर्ब नौं करोड ७४ लाख ४३ हजार चार सय ५५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा तीन अर्ब रुपैंयाँले बढी हो । गत साता धितोपत्र बजारमा तीन सय २४ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख ९२ हजार नौं सय ३२ पटकको कारोबारमा पाँच करोड ५८ लाख ६० हजार सात सय १० कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २३ अर्ब ३७ करोड चार लाख १९ हजार तीन सय २१ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये दोस्रो, तेस्रो र पाँचौं दिन लगातार ओरालो लागेको नेप्से परिसुचक पहिलो र चौंथो दिन भने उकालो लागेको थियो ।
दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार बजार परिसुचक ११ दशमलव ५८ अंकले उकालो लागेर दुई हजार पाँच सय ८८ दशमलव ३५ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५० अंकले उकालो लागेर चार सय ६३ दशमलव ४३ बिन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसुचक ५९ दशमलव शुन्य दुई अंकले ओरालो लागेर २५ सय २९ दशमलव ३३ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव एक अंकले ओरालो लागेर चार सय ५४ दशमलव ४१ बिन्दुमा झरेको थियो ।
तेस्रो कारोबार दिन पनि बजार परिसुचक ५८ दशमलव ९३ अंकले ओरालो लागेर २४ सय ७० दशमलव ३९ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ५२ अंकले ओरालो लागेर चार सय ४४ दशमलव ८८ बिन्दुमा झरेको थियो । चौंथो कारोबार दिन भने बजार परिसुचक ४९ दशमलव १८ अंकले उकालो लागेर २५ सय १९ दशमलव ५७ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ९१ अंकले उकालो लागेर चार सय ५२ दशमलव ८० बिन्दुमा चढेको थियो । पाँचौं कारोबार दिन पुन बजार परिसुचक ३२ दशमलव ८१ अंकले ओरालो लागेर २४ सय ८६ दशमलव ७६ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पाँच दशमलव ३४ अंकले ओरालो लागेर चार सय ४७ दशमलव ४५ बिन्दुमा झरेको थियो।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन रि इन्स्योरेन्स कम्पनी आदि परेका छन् । सेयर कारोवार भएको संख्याको आधारमा पनि यो साता हिमालयन रि इन्स्योरेन्स कम्पनी, सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी अगाडि देखिएका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन ।
दैनिक सेयर कारोबार तालिका
दिन | कम्पनी संख्या | कारोबार संख्या | कित्ता संख्या | कारोबार रकम |
पहिलो दिन | ३२५ | ७२९५७ | १२४८५७३१ | ५०९२९४८६९०.९० |
दोस्रो दिन | ३२९ | ७७१५३ | १३५३५९०३ | ५६६०३०२६८३.५० |
तेस्रो दिन | ३०९ | ७७२६४ | १५५०४९२९ | ५६८९५६१३५६.६९ |
चौंथो दिन | ३२७ | ६९४१८ | १२४९८९८९ | ४८१३२२३००४.४९ |
पाँचौं दिन | ३२२ | ६५२५८ | १३६९१५९६ | ४८४१४०७७२०.१४ |
कुल | ३२९ | ३६२०५० | ७५७१७५४८ | २६०९७४४३४५५.७२ |
प्रतिक्रिया