शुक्रबार, मंसिर २८, २०८१

खतरनाक हुँदै एन्टिमाइक्रोबियल रेजिस्टेन्स 

नेपालखोज २०८१ असोज १७ गते १७:३२

काठमाडाैं । संयुक्त राष्ट्र संघको ७९ औँ महासभा (युएनजीए) को ७९औँ अधिवेशनमा बसेको उच्चस्तरीय बैठकमा विश्वका नेताहरूले सन् २०३० सम्ममा एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) का कारण हुने मृत्युलाई १० प्रतिशतले घटाउने प्रस्ताव पारित गरेका छन। 

एन्टिमाइक्रोबियल प्रतिरोध एउटा यस्तो खतरा हो जसले प्रत्यक्ष रूपमा प्रत्येक वर्ष १.३ मिलियन मानिसको ज्यान लिइरहेको छ । यसै गरी हरेक वर्ष हुने लगभग ५० लाख मृत्युका लागि यो कुनै न कुनै रूपमा जिम्मेवार छ। यति मात्र होइन, यसले अर्थतन्त्रमा पनि गहिरो प्रभाव पारिरहेको छ । 

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमद्वारा जारी गरिएको “ब्रेसिङ्ग फर सुपरबग्स” प्रतिवेदनका अनुसार एन्टिमाइक्रोबियल प्रतिरोध दिनप्रतिदिन ठूलो खतरा बन्दै गइरहेको छ। अहिले नै यसतर्फ ध्यान नदिए आगामी केही वर्षमा विश्व अर्थतन्त्रलाई यसका कारण वार्षिक ४४९ . ७६  लाख करोडभन्दा बढीको घाटा बेहोर्नु पर्ने अनुमान छ ।

प्रतिक्रिया