बाढी, पहिरोलगायत प्रभावित जिल्ला–पालिकाहरुलाई चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरि पठाउन आग्रह

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित जिल्ला–पालिकाहरुलाई चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरि पठाउन आग्रह गरेका छन् ।
शनिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्ने बताउनुभयो । उहाँले विपद्मा ठुलो जनधनको क्षति भएकोमा सरकारको गम्भीर रुपले ध्यान आकृष्ठ भएको बताए ।
मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर सम्वन्धीत जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेको र घाइतेहरुको पनि अस्पतालमा निःशुल्क उपचार अघि बढेको उनले बताए । बाढीपहिरो प्रभावित पालिकाहरुलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेकोले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रीत गरेको जानकारी दिए ।
सो क्रममा गृहमन्त्री लेखकले ग्रामीण भेगमा नागरिकहरुको स्वास्थ्य उपचारका लागि आपतकालीन हेलि उद्दार तथा संरक्षणको मागसहित एक महिनाअघि आमरण अनसन बस्नुभएका तेह्रथुमका ४२ बर्षीय दीपक सिलवालसंग सहमति गर्दै जुस खुवाएर अनशन अन्त्य गराएका थिए । गृहमन्त्री लेखकले अनशनरत सिलवालले उठाएका विषय सरकारले गम्भीर रुपमा लिएको बताए ।

प्रतिक्रिया