बुधबार, जेठ १, २०८२

प्राकृतिक स्रोतमा गरिबको पनि समान पहुँच

नेपालखोज २०८१ असोज २० गते १५:२५

काठमाडाैं । के यो सम्भव छ कि गरिबी र धन पनि जलवायु संकटका लागि जिम्मेवार हुन सक्छ ? हो , द ल्यान्सेट प्लानेटरी हेल्थ जर्नलले ‘ए जस्ट वर्ल्ड अन सेफ प्लानेट’ शिर्षकको एक अध्ययन प्रकाशित गरेको छ जसमा जलवायु परिवर्तनबाट बच्न अझै पनि सम्भव रहेको बताइएको छ । यद्यपि यो तब मात्र सम्भव छ जब प्राकृतिक स्रोतमा गरिबको पनि समान पहुँच हुन्छ।

पहिलो पटक वैज्ञानिकहरूले पृथ्वीको संरक्षणलाई ‘सबैका लागि समानता’सँग जोडेका छन् । ‘सबैका लागि समानता’ तब सम्भव छ जब पृथ्वीका आवश्यक स्रोतहरू जस्तै ताजा पानी र पोषण सबै मानिसहरूमा समान रूपमा बाँडिन्छन्।

यो अध्ययन अनुसार पृथ्वीको ७ अर्ब ९ करोड जनसंख्यालाई अझै गरिबीबाट बाहिर ल्याउन आवश्यक छ । सँधै गरिबीमा बाँचिरहेका मानिसहरू विभिन्न प्रकारका प्रदूषणबाट हुने हानिको चपेटामा छन्।

सन् २०२० मा अक्सफाम र स्टकहोम वातावरण संस्थानद्वारा गरिएको एक अध्ययनले सन् २०१५ मा विश्वव्यापी उत्सर्जनको झण्डै आधा विश्वका १० प्रतिशत धनाढ्यहरूले गरेको खुलासा गरेको थियो।

विश्वको एक प्रतिशत जनसंख्याले उत्सर्जनको १५ प्रतिशत हिस्सा ओगटेको छ। त्यसैगरि सबैभन्दा गरिब ५० प्रतिशत मानिसहरू उत्सर्जनको सात प्रतिशतका लागि मात्र जिम्मेवार छन् । यद्यपि तिनीहरू जलवायु संकटको प्रभावबाट सबैभन्दा बढी पीडित छन्।

अनुसन्धानकर्ताहरू भन्छन् – अहिलेको समयको माग के हो भने आर्थिक मोडल र नयाँ प्रविधिको हस्तक्षेपका बारेमा पुर्न बिचार गरि प्राकृतिक स्रोतसाधनमा सबैको समान पहुँच पुर्याउनु अत्यावश्यक छ । यी कुराहरू कार्यान्वयन भएनन भने सन् २०५० सम्ममा प्रत्येक व्यक्तिको आधारभूत आवश्यकताहरू पनि पूरा हुने छैनन् ।

पछिल्लो समय विश्वमा धनी र गरिबबीचको खाडल बढ्दै गएको छ । अक्सफामको पछिल्लो रिपोर्ट अनुसार शीर्ष पाँच अर्बपतिको सम्पत्ति सन् २०२० यता दोब्बर भैसकेको छ भने गरिब अझ गरिब हुँदै गएका छन् ।

प्रतिक्रिया