आइतबार, वैशाख १४, २०८२

अनुराग कश्यपको धमाकेदार फिल्म

नेपालखोज २०८१ असोज २१ गते १८:२३

डार्क र भ्वायलेन्ट थिमका फिल्मका लागि चर्चित अनुराग कश्यपका सिनेमाहरुको आफ्नै संसार छ । उनका फिल्म सलमान, शाहरुख जस्ता ठूला स्टारलाई लिएर बनेका छैनन् तर जुन फिल्म बनेका छन् ती सुपरस्टारका फिल्मभन्दा कम छैनन् ।

१० सेप्टेम्बर १९७२ मा गोरखपुरमा जन्मिएका अनुराग कश्यपको फिल्मी यात्रा रोलर कोस्टर राइड जस्तै रह्यो । उनी ९० को दशकदेखि हिन्दी सिनेमामा सक्रिय छन् र यही लाइनमा उनले आफूलाई भीडबाट अलग साबित गर्न कडा मेहनत गरेका छन् ।

अनुराग कश्यप बी-टाउनका प्रशन्सित फिल्म निर्माताहरू मध्ये एक हुन् । उनी आफ्ना फिल्महरूमा विभिन्न प्रकारका जटिल पात्रहरू प्रस्तुत गर्न माहिर छन् । अभिनयमा समेत हात हालिसकेका अनुराग कश्यप मुलरुपमा निर्देशक र निर्माताका रूपमा परिचित भए पनि अभिनयमा पनि उत्तिकै जमेका छन् ।

उनले नवाजुद्दीन सिद्दिकीको ‘हड्डी’ मा प्रमोद अहलावत नामक खलनायकको भूमिका निर्वाह गरेका थिए । यसबाहेक उनले महाराजा सहित केही चलचित्रमा पनि आफ्नो अभिनय क्षमता देखाइसकेका छन् । अनुराग कश्यपका शीर्ष पाँच फिल्म जसले बक्स अफिस हल्लाएका छन :

ग्याङ्ग्स अफ वासेपुर (२०१२)

अनुराग कश्यपको उत्कृष्ट फिल्म २०१२ को ग्याङ्ग्स अफ वासेपुरु बाट सुरु हुन्छ। यो उनको पहिलो फिल्म हो, जसले उनलाई सफल निर्देशकका रूपमा मात्र स्थापित गरेन उनलाई ठूलो नाम र प्रसिद्धि पनि दियो। ‘ग्याङ्ग्स अफ वासेपुर’लाई बलिउडको मात्र नभई भारतीय सिनेमाकै शीर्ष श्रेणीको फिल्म मानिन्छ।

यो फिल्मको कथा धनबादमा बस्ने दुई कोइला माफियामा आधारित छ, जसको परिवारमा वर्षौंदेखिको शत्रुता छ । रक्तपात, भ्रष्टाचार र हिंसाले भरिएको यो फिल्मले धेरै अवार्ड समेत जितेको थियो ।

अगली (२०१४)

अनुराग कश्यपको निर्देशनमा बनेको ‘अगली’ त्यो फिल्म हो, जसले मानिसलाई सोच्न पनि बाध्य बनाउँछ । यो चलचित्रको कथानक नवजात शिशुको अपहरणबाट सुरु हुन्छ । चलचित्रमा समाजमा बस्ने मानिसहरूमा कुनै पनि कुराप्रतिको ईर्ष्या र घमण्ड देखाइएको छ, जसले उनीहरूलाई एक किसिमले खोक्रो बनाएको छ ।

रमन राघव २.० (२०१६)

रमन राघव २.० एक मनोवैज्ञानिक थ्रिलर फिल्म हो जसलाई अनुराग कश्यपले लेखेका र निर्देशन गरेका हुन्। एक हिसाबले यो फिल्म सन् १९६० मा मुम्बईमा आक्रमण गर्ने सिरियल किलर रमन राघवको जीवनमा आधारित छ । अनुराग कश्यपको कलालाई हेर्दा यो फिल्म मूभि डार्क र डिस्टर्बिंङ छ । यसले राम्रो र नराम्रोको भिन्नता पनि बताउँछ।

मनमर्जियाँ (२०१८)

मनमर्जियाँ तापसी पन्नु र विक्की कौशलको करियरको उत्कृष्ट फिल्म मध्ये एक मानिन्छ । यो फिल्म तापसीको विक्कीसँगको प्रेम र विवाहपछि अभिषेक बच्चनको राम्रो स्वभावको चरित्रको कथा हो । चलचित्रको शीर्षक अनुसार यसका प्रत्येक पात्रले आफ्नो इच्छा अनुसारको जीवन जिउँछन ।

देव डी (२००९)

जब ‘देव डी’ रिलिज भयो, धेरैले यो फिल्मलाई खासै केही बुझेका थिएनन् । तर माउथ पब्लिसिटिले यो चलचित्रलाई धेरै दर्शक दियो । यो फिल्म देवदास उपन्यासको आधुनिक रूपान्तरण हो, जसमा कल्की कोचलिन, माही गिल र अभय देओल मुख्य भूमिकामा देखिएका थिए। फिल्म ‘देव डी’ को कथा एक पुरुषको कथा हो जो एक विवाहित महिलासँग प्रेममा पर्छन् । यो चलचित्र २७ विधामा पुरस्कारका लागि मनोनीत भएको थियो, जसमध्ये यसले १२ विधा (फिल्मफेयर, अप्सरा फिल्म प्रोड्युसर गिल्ड अवार्ड आदि) मा अवार्ड जितेको थियो । यो चलचित्रले राष्ट्रिय अवार्ड समेत जित्यो ।

निर्देशक बाहेक अनुराग कश्यपले निर्माताका रुपमा समेत काम गरेका छन् । उनले सन् २०१४ मा कंगना रनौतको ‘क्वीन’ को सह-निर्माण गरेका थिए। अनुरागले यो फिल्मका लागि उत्कृष्ट सम्पादनको फिल्मफेयर पुरस्कार प्राप्त गरे । यो चलचित्रले पनि राष्ट्रिय अवार्ड जितेको थियो ।

प्रतिक्रिया