आइतबार, असार २२, २०८२

नवदुर्गाको पाँचौं अवतार स्कन्दमाताको पूजा एवं आराधना गरि मनाइँदै

नेपालखोज २०८१ असोज २२ गते ५:१०

नवरात्रिको पाँचौं दिन आज नवदुर्गाको पाँचौं अवतार स्कन्दमाताको पूजा एवं आराधना गरि मनाइँदै छ । भक्तिभावले स्कन्दमाताको उपासना गर्नाले भक्तको सम्पूर्ण इच्छा पूर्ण हुने, यस मृत्युलोकमै परम शान्ति तथा सुख प्राप्त हुने र मोक्षको द्वार खुल्ने विश्वास गरिन्छ ।

स्कन्दमाताको आराधना गर्नाले बालरूप स्कन्द भगवानको समेत स्वमेव आराधना हुन्छ । भगवान स्कन्दप्रसिद्ध देवासुर संग्राममा देवताको सेनापति थिए । ‘कुमार कार्तिकेय’ पनि भनिने उनको महिमा वर्णन गर्दा पुराणहरूमा कुमार तथा शक्ति आदि भनिएको छ । यिनै भगवान् स्कन्दको आमा भएका कारणले भगवती दुर्गाको यस अवतारलाई स्कन्दमाता भनिएको शास्त्रमा उल्लेख छ ।

स्कन्दमाताको दाहिनेतर्फ माथिल्लो हातले स्कन्दलाई काखमा राखेको, माथि उठेको तल्लो हातमा कमलको फुल, देब्रेतर्फ माथिल्लो हात वर मुद्रामा, माथि उठेको तल्लो हातमा कमलको फुल, कमलको फुलको आसनमा बसेकी तेजश्वी देवी नै स्कन्दमाता हुन् । उनलाई पद्मासना देवी पनि भनिन्छ ।

प्रतिक्रिया