तेलको बिकल्प कल्पना मात्र हो : ओपेक

काठमाडाैं । तेल निर्यात गर्ने देशहरूको संगठन ओपेकले पेट्रोल र डिजेल जस्ता जीवाश्म इन्धनहरू चरणबद्ध रूपमा हटाउनु
” काल्पनिक ” कुरा मात्र भएको बताएको छ। साउदी अरेबियाको नेतृत्वमा रहेको समूहले जलवायु परिवर्तन विरुद्धको लडाईमा महत्वपूर्ण वर्ष २०५० सम्म तेलको माग बढिरहने अनुमान गरेको छ।
तेल उत्पादक देसहरुको संगठनको यो भविष्यवाणी पेरिसस्थित इन्टरनेशनल इनर्जी एजेन्सी (आईईए) को मूल्याङ्कन विपरीत छ। विश्व नवीकरणीय ऊर्जा र विद्युतीय सवारीसाधनतर्फ अघि बढ्दा यो दशकमा जीवाश्म इन्धनको माग उच्च हुने आईईएको अनुमान छ।
देखिएका सम्भावनाहरूले तेल र ग्यास समाप्त गर्ने कल्पनाको वास्तविकतासँग कुनै सम्बन्ध छैन भनेर देखाउँछ – गायसको रिपोर्टमा भनिएको छ । “माग बृद्धिको बर्तमान परिस्थितिमा आज, भोलि र आउने दशकहरूमा तेल र ग्यासमा अझ थप लगानीको आवश्यकता देखिन्छ ।” रिपोर्टले भनेको छ ।
सन् २०५० सम्ममा मात्रै तेलको माग १२०.१ मिलियन ब्यारेल प्रतिदिन पुग्ने अनुमान गरिएको छ, जुन २०२३ मा प्रति दिन १०२.२ मिलियन ब्यारेलको तुलनामा १७.५ प्रतिशतले बढि हो । ओपेकले पनि २०४५ का लागि आफ्नो प्रक्षेपण ११८.९ मिलियन ब्यारेल प्रतिदिन पुर्याएको छ, जुन गत वर्षको प्रतिवेदनमा प्रतिदिन ११ करोड ६० लाख ब्यारेल थियो, जसमा २०५० लाई ध्यानमा राखिएको थिएन।
तेलको खपतमा लामो समयसम्म वृद्धि भैरहनु ओपेकका लागि सकारात्मक संकेत हुनेछ, जसका १२ सदस्य राष्ट्र तेलको आम्दानीमा निर्भर छन्। आफ्नो विचारको समर्थनमा ओपेकले धेरै अन्तर्राष्ट्रिय कार कम्पनीले आफ्नो विद्युतीय सवारी उत्पादनको लक्ष्य घटाउने योजना बनाएको कुरा बताएको छ ।
तेल कम्पनी बीपीले सन् २०२५ मा तेलको खपत उच्च हुने र सन् २०५० सम्ममा प्रतिदिन ७ करोड ५० लाख ब्यारेलमा झर्ने अनुमान गरेको छ । एक्सन मोबिलको अनुमान अनुसार तेलको माग २०५० सम्म प्रति दिन १०० मिलियन ब्यारेलमा पुग्ने छ, जुन आजको स्तर समान हो ।
गत वर्षको ३०.९ प्रतिशतको तुलनामा २०५० मा तेलले अझै पनि ऊर्जा स्रोतहरूमा सबैभन्दा ठूलो हिस्सा २९.३ प्रतिशत कायम गर्नेछ। प्राकृतिक ग्यासले कोइलालाई उछिनेर दोस्रो स्थान लिनेछ भने शताब्दीको मध्यसम्ममा ऊर्जा स्रोतको २४ प्रतिशत हिस्सा ओगट्नेछ। नवीकरणीय ऊर्जाको अंश गत वर्ष ३.२ प्रतिशतबाट बढेर सन् २०५० मा १४ प्रतिशत पुग्नेछ ।
एएफपी , रोयटर्स
प्रतिक्रिया