शनिबार, वैशाख १३, २०८२

यो साताका नयाँ फिल्म तथा सिरिज

नेपालखोज २०८१ कार्तिक १ गते १६:००

रोमाञ्चक चलचित्र र टिभी कार्यक्रमहरू तथा प्रत्यक्ष खेल प्रशारणहरू यो साता ओटिटी (OTT) प्लेटफर्महरूमा यस्ता धेरै नयाँ रिलीजहरू छन् जसले हाम्रो आँखा स्क्रिनमा जमाउनेछ । हलिउडदेखि हिन्दी र दक्षिण भारतका चर्चित फिल्महरू यो सूचीमा छन् ।

अक्टोबर महिना सिनेमा प्रेमीहरूका लागि विशेष साबित हुँदैछ । त्यसमा पनि यो हप्ता ओटिटीमा तिहार लक्षित सस्पेन्स, एक्सनदेखि कमेडी र रोमान्ससम्मका धेरै मनोरञ्जक चलचित्र आउँदै छन् । नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी हटस्टार, जी फाइभ , जियो सिनेमा , सोनि लिभ जस्ता ओटिटी प्लेटफर्महरूमा रिलिज हुन लागेका केही बहुप्रतीक्षित चलचित्र तथा वेब शृङ्खलाहरूका बारेमा जानौं ।

रात जवान है (Raat Jawaan Hai on SonyLIV)

‘रात जवान है…’ कमेडी ड्रामा वेब सिरिज हो जसले तीन जना साथीको कथा बताउँछ । यी साथीहरूले आफ्नो व्यस्त वयस्क जीवनबाट समय निकाल्न संघर्ष गर्दा उनीहरूले आफ्नो सहज यात्राको सम्झना गर्छन् । यो श्रृंखला सोनि लिभमा उपलब्ध छ । यो नयाँ आमा – बुबा बनेका सबैले हेर्नै पर्ने शृङ्खला हो।

वेदा (Vedaa on ZEE5)

यदि बलिउड अभिनेता जोन अब्राहम र शर्वरी वाघको यो फिल्म थिएटरमा हेर्न छुटाउनुभएको छ भने तपाईंका लागि खुसीको खबर छ। यो फिल्म अब ओटीटीमा पनि उपलब्ध छ अर्थात् अब घर बसिबसि यो एक्शन फिल्म हेर्न सकिन्छ । यो चलचित्र जी फाइभमा स्ट्रिम भैरहेको छ ।

आउटर बैंक्स सीजन – ४ पार्ट – १ (Outer Banks Season 4 Part 1 on Netflix )

‘द पोग्स’ अर्को खजानाको खोजका साथ फिर्ता आएका छन् । रहस्य र साहसिक दृश्यले भरिएको यो श्रृंखला नेटफ्लिक्समा उपलब्ध छ। दर्शकहरूले यो सिरिजको यो सिजनलाई मनपरेको सिजन भनेर टिप्पणी गरेका छन् ।

टीकप (Teacup on JioCinema)

ग्रामीण जर्जियाका छिमेकीहरू आफ्ना मतभेदहरू पन्छाउन र घातक रहस्यमय खतराको बिरूद्ध एकजुट हुन बाध्य छन् । तपाईं यो सिरिज जीयो सिनेमामा हेर्न सक्नुहुन्छ । यसको कथा रोमाञ्चक डरलाग्दो छ ।

सरफिरा (Sarfira on Disney+ Hotstar)

अक्षय कुमारको सरफिरा डिज्नी प्लस हटस्टारमा उपलब्ध छ। यो फिल्म प्रतिस्पर्धी एभिएशन इंडस्ट्रीको बीचमा आफ्नै एयरलाइन खोल्न चाहने एक आम मानिसको प्रेरणादायी कथा बताउँछ।

गर्ल हन्ट्स ब्वाय (Girl Haunts Boy on Netflix)

‘गर्ल हन्ट्स ब्वाय’ ले एक जवान केटाको अलौकिक कथा बताउँछ । यसमा केटाले आफ्नो नयाँ घरमा १९२० कि केटीको आत्मासँग असम्भव मित्रता बनाउँछ। यो चलचित्र नेटफ्लिक्समा उपलब्ध छ।

सिटाडेल : डायना (Citadel: Diana on Amazon Prime Video)

यो एक्सन प्याक थ्रिलर अमेजन प्राइम भिडियोमा हेर्न सकिन्छ।

अपराइजिङ (Uprising on Netflix)

यो डोनाल्ड सदरल्याण्ड र जोन भोइट अभिनीत एक्शन थ्रिलर चलचित्र हो जसमा १९३९ मा वार्सामा भएको यहूदी विद्रोह देखाइएको छ । यो अहिले नेटफ्लिक्समा स्ट्रिम भइरहेको छ।

टाम्ब रेडर : द लीजेन्ड अफ लारा क्राफ्ट
(Tomb Raider: The Legend of Lara Croft on Netflix)

टाम्ब रेडर नेटफ्लिक्समा उपलब्ध छ। यसमा लारा क्रफ्टले इङ्गल्याण्ड देखि चीन सम्मका स्थानहरूमा चोरी भएका कलाकृति पुनःप्राप्त गर्ने प्रयास गरेको देखाइएको छ ।

प्रतिक्रिया