हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ
नेपालखोज
२०८१ कार्तिक १ गते २१:४९
भक्तपुर । मध्यपुरथिमि नगरपालिका नगरपालिका–९ राधेराधेबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले रौतहटको गजुरा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षीय शशिकान्त चौलागाईंलाई आज पक्राउ गरेको हो ।
पक्राउ परेका चौलागाईंको साथबाट स्रोत नखुलेको रु आठ लाख ५० हजार, विभिन्न बैंकको एटिएम र अन्य सामान बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया