सुनको भाउमा आज फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम
नेपालखोज
२०८१ कार्तिक ४ गते ११:४१

काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको भाउले नयाँ रेकर्ड कायम गरेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो ।
शुक्रबारको मूल्यमा ६ सय वृद्धि भएर सुन तोलामा १ लाख ६५ हजार पुगेको हो । शुक्रबार सुन तोलाको १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज ९५ रुपैयाँ बढेर २ हजार ७५ रुपैयाँ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया