शनिबार, वैशाख १३, २०८२

ओटीटी प्लेटफर्ममा नयाँ के छ ?

नेपालखोज २०८१ कार्तिक ५ गते १७:००

काठमाडाैं । ओटीटी प्लेटफर्ममा यो साता भरपुर मनोरञ्जनक सामाग्री उपलब्ध गराइएको छ । क्राइम थ्रिलर देखि कमेडी सम्म हरेक प्रकारका दर्शकका लागी केहि न केही नयाँ छ ।

रीता सन्याल
अदा शर्माको क्राइम थ्रिलर वेब सिरिज ‘रीता सन्याल’ अक्टोबर १४ मा हटस्टारमा रिलिज भएकोछ ।

स्वीट बबी : माई क्याटफिस नाइटमेयर क्राइम डकुमेन्ट्री फिल्म ‘स्वीट बबी: माई क्याटफिस नाइटमेयर’ अक्टोबर १६ मा नेटफ्लिक्समा रिलिज भएको छ।

झमकुडी
गुजराती हरर कमेडी ड्रामा ‘झमकुडी’ अक्टोबर १७ मा शेमारूमीमा रिलिज भएकोछ ।

आउटसाइड
फिलिपिन्सको पहिलो जोम्बी फिचर फिल्म ‘आउटसाइड’ नेटफ्लिक्समा अक्टोबर १७ मा स्ट्रिम भएको छ । यदि तपाइँ हरर चलचित्रको शौकीन हुनुहुन्छ भने यो तपाइँको लागि उत्कृष्ट विकल्प हुन सक्छ।

लिंकन लायर
वेब सिरिज ‘द लिंकन लायर’ अक्टोबर १७ देखि नेटफ्लिक्समा उपलब्ध छ।

द प्रदीप्स अफ पिट्‌सबर्ग
‘द प्रदीप्स अफ पिट्‌सबर्ग’ अंग्रेजी वेब शृंखला हो, जुन अक्टोबर १७ मा प्राइम भिडियोमा रिलिज भएको छ । यसले पिट्सबर्गमा विगत दुई वर्षदेखि बस्दै आएको भारतीय परिवारको कथा बताउँछ।

स्नेक्स एण्ड ल्याडर्स
डार्क ह्युमर र थ्रिलले भरिपूर्ण वेब सिरिज ‘स्नेक्स एण्ड ल्याडर्स’ अक्टोबर १८ मा प्राइम भिडियोमा रिलिज भएको छ । यो शृङ्खलामा तपाईंले एउटा अनौठो कथा देख्नुहुनेछ।

सोल स्टोरीज
मलयालम वेब शो ‘सोल स्टोरीज’ मनोरमा म्याक्समा १८ अक्टोबरमा स्ट्रिम भएको छ ।

१००० बेबीज
नीना गुप्ताको नयाँ थ्रिलर वेब सिरिज ‘१००० बेबीज’ १८ अक्टोबरमा हटस्टारमा रिलिज भएको छ।

वुमन अफ द आवर
अमेरिकी क्राइम थ्रिलर फिल्म ‘वुमन अफ द आवर’ नेटफ्लिक्समा अक्टोबर १८ मा रिलिज भएको छ ।

द अफिस
‘द अफिस’ अक्टोबर १८ मा अमेजन प्राइम भिडियोमा रिलिज भएको छ । यसको कमेडी र पात्रहरुको अभिनयले तपाईलाई हँसाउन कुनै कसर बाँकी राख्दैन ।

डेभिल्स आवर सिजन – २
‘द डेभिल्स आवर’ शृङ्खलाको दोस्रो सिजन अक्टोबर १८ मा अमेजन प्राइम भिडियोमा आइसकेको छ।

Fabulous Lives Vs Bollywood Wives
बलिउड स्टारहरूका पत्नीहरूको जीवनमा आधारित यो वेब सिरिज ‘Fabulous Lives Vs Bollywood Wives’ अक्टोबर १८ मा नेटफ्लिक्समा आएको हो । यसमा ग्लामर, नाटक र मनोरञ्जनको पूर्ण प्याकेज छ ।

रिभल्स
अंग्रेजी शो ‘रिभल्स’ डेम जिली कूपरको प्रतिष्ठित उपन्यासमा आधारित छ । यो शो डिज्नी हटस्टारमा १८ अक्टोबरमा रिलिज भएको हो ।

लुब्बर पान्धु
तमिल भाषाको स्पोर्ट्स ड्रामा फिल्म ‘लुब्बर पान्धु’ डिज्नी हटस्टारमा १८ अक्टोबरमा रिलिज भएको छ ।

प्रतिक्रिया