शेयर बजारमा दोहोरो अंकले गिरावट, कारोबार रकम छ अर्ब २७ करोड नाघ्यो

कठमाडौं । शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन २५ दशमलव ८८ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने २० दशमलव ४१ अंकले घटेर २६ सय ४५ दशमलव ३९ अंकमा झरेको छ ।
यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४५ अंकले ओरालो लागेर चार सय ७७ दशमलव २६ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २४ वटा कम्पनीहरुको ६५ हजरा ९१ पटकको कारोबारमा एक करोड ५७ लाख ४२ हजार पाँच सय १४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब २७ करोड ८९ लाख ५१ हजार आठ सय ५३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा फाईनान्स समुहको सुचक ७६दशमलव २३ अंकले बढेर ३३ सय ६० अंकमा पुगेकोमा व्यापार समुहको सुचक पनि नौं दशमलव १८ अंकले बढेर ३६ सय १५ दशमलव ६२ अंकमा पुगेको छ । यि बाहेकका बाँकी समुहहरुको सुचक भने घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक २६ दशमलव ६२ अंंकले घटेर १५ सय ३९ दशमलव २५ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३४ दशमलव ५२ अंकले घटेर ५२ सय १९ दशमलव ५८ अंकमा झरेको छ ।
जलबिद्युत समुहको सुचक पनि १७ दशमलव १३ अंकले घटेर ३२ सय एक दशमलव २७ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ९२ दशमलव ३० अंकले घटेर १२ हजार सात सय ४५ दशमलव ५८ अंकमा झरेको छ । यसैगरी निर्र्जीवन बीमा समुहको सुचक पनि ५५ दशमलव ४२ अंकले घटेर १२ हजार सात सय ८९ दशमलव १० अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईसीएफसी फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मानुषी लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि आईसीएफसी फाईनान्स नैं पहिलो स्थानमा परेको छ ।
प्रतिक्रिया