रवि लामिछानेलाई अनुसन्धानका लागि म्याद थपका गर्न आज अदालतमा पेस गरिँदै
नेपालखोज
२०८१ कार्तिक ८ गते ९:५५

काठमाडाैं । सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ ।
पहिलो पटक थपिएको ६ दिनको म्याद बुधबारसम्म रहेकोमा बयान नसकिएपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा पेस गर्न लागेको हो ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडीआइजी छविलाल जोशीलाई पनि आज म्याद थपका लागि अदालतमा उपस्थित गराइँदैछ ।
लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो । जोशी भने असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
सम्बन्धित

प्रतिक्रिया