जीबी राईको तर्फबाट आएको शंकास्पद ईमेलबारे पत्रकार किशोर श्रेष्ठ आफ्नो फेशबुक स्टाटसमा लेख्छन् …

नेपालखोज २०८१ कार्तिक ११ गते १२:४४

काठमाडाैं । के हो जिबिराईको ईमेल प्रकरण

From: Rai Gb raigb802@gmail.com
Date: Thu, Oct 24, 2024 at 12:05 AM
Subject: FROM THE BEHALF OF GB RAI
To: basnet.sr@gmail.com basnet.sr@gmail.com

नमस्ते म जिबी राइको तर्फबाट प्रेसित सन्देश:

अहिले सहकारिको बिषयम भएको अनुसन्धानले म खुशी छु । सहकारीको अनुसन्धान यसै दिशामा अगाडी बढे म सहजतापूर्वर्क अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने छु । त्यो बातावरण बनाइदिनुहोला जुन कुरा सँसदिय समितीलाई पनि मैले सँदेश पठाएको थिएँ । म सहकारी पिडितलाई रकम फिर्ता गरी आफ्नो बाँकी जिवन सहजताका साथ बिताउन चाहन्छु । त्यो बातावरण राज्यले बनाइदियोस । अहिले पक्राउ परेका साथी कै कारण मैले अन्य्सन्धानमा सहयोग गर्न नसकेको हुं । मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो ।

लामिछाने जि कै अनेक आइडिया कै कारण म अहिले सम्म पनि उनको पार्टी र ब्यक्तीहरुलाई पैसा बुझाएर बसेको छु । यस तर्फ पनि अनुसन्धान गरियोस । मित्रले मलाई धेरै पटक नेपाल नआउन दबाब धम्की सबै दिएका हुन । म गत बर्ष नै अनुसन्धानलाई सगाउन खोज्दा नेपाल आए ज्यान जान सक्ने धम्की दिएका थिए । आफु मातहत मै सबै अनुसन्धान हुने हुँदा केस मिल्ने भन्दै पार्टी र ब्यक्तीका नाममा पैसा असुल गरी नै राखे ।

सुरुमा मिडियामा लगानी गर्नु अगावै चिन्जान पुर्वनै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिएका हुन ।त्यस पश्चात उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने सर्त अगाडी सारे पछी म अगाडी बढेको हुँ । याक यतीको बैठकमा स्वम दिपक र रबीले तपाईंसँग सहकारी छ त्यहाँको पैसा यता लगानी गर्नुस हामी नाम पनि दाम पनि दिन्छौ भनेपछी म अगाडी बढेको हुँ । टिभी नचल्ने देखेपछी र राजनितीमा जान्छु भनेपछी आफ्नो कर्तुत पनि बाहिर आउने डरले अन्तिम एपिसोडमा नभएका कुरा बोले । केही पछी तपाईंलाई पनि गार्हो हुन्च मेरो नाम पनि जोडिन्छ टिभी नै अरुको नाममा राखौँ भनेर युबाराज कडेँलको नाम ल्याए ।मैले बिस्वास नगरे पछी खनियाँ थरका ब्यक्तिको नाम अरु कोही मार्फत उनले ल्याए । त्यो प्रस्ताब उनि आफैले नमानेपछी कुरा रोकियो जस्तो लाग्छ । पछी यो कुरा बाहिर आउन थालेपछी म सबै मिलाउछु नि जिबी जि किन आत्तिएको भन्दै सधै पार्टी र आफुलाई आर्थीक सहयोग मागिरहे ।

उप निर्वाचनको बेला अमेरिकामा रहेका मोहन थापा लाई ५ करोड हुन्डी गर्न लगाए । मैले उनि मोहनलाई ५ करोड रबीको लागी भन्दै पठाएँ । पछी पनि कहिले अमेरिकामा रहेका उनै खनियाँ थरका ब्यक्तीलाई कहिले मोहनलाई पैसा पठाउन भन्थे । खनिया थरका ब्यक्तीले पैसा लिन सधैँ नकारे पनि रबी अघिल्लो गृहमन्त्री रहुन्जेल करिब १२ करोड मैले मोहनलाई पार्टिको लागी भनेर सहयोग पठाएँ । जापानमा डिपीका अर्का अर्याल थरकै ब्यक्तीलाई पनि ३ करोड पठाएँ । मोहनले रबी पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे । र केही रकम रबीका अर्का सहयोगी बिपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन ।

उनले दिपक बोहरा मार्फत केस अगाडी जाँदेन तपाईं नेपाल चाहिँ न आउनु कतै केहि नबोल्नु भनेर धम्काउने तर्साउने गरे । अहिले रबी आफै हिरासतमा गएकाले मलाई अब अनुसन्धान सही दिशामा अगाडी बढेमा नेपाल आइ आफ्ना कुरा राख्न सहयोग हुनेछ । उनलाई उन्मुक्ती नदिइयोस । उनि पुर्पक्ष चलान भ्एमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ र आइ सबै सहयोग गर्ने र बचत कर्ताको रकम फिर्ता गर्नेछु । राज्यले सहयोग गरोस ! म सबै बचतकर्ताको रकम बाचा बमोजिम फिर्ता गर्न तयार नै छु ।

यो ईमेल जनआस्थाका किशोर श्रेष्ठले नेपालमै तयार गरेर ११ घन्टा पछि उक्त ईमेल आइडी डिलिट गरेको रास्वपा कार्यकर्ताहरुको दाबि ।

यता किशोर श्रेष्ठ लेख्छन – जनआस्थाको मार्केटिङ म्यानेजर माधव बस्नेतका नाममा आएको यो इमेल आइडी गलत हो ? नेपालमा कृयट भएको हो ? प्रहरीको आधिकारिक निकाय साइबर ब्युरोले फेक हैन भनेर पत्ता लगाएको सत्य गलत हो ? पठाउने स्वयंले आफ्नो लोकेशन लुकाउन या ब्यक्तिगत सुरक्षार्थ ठूलो हङ्गामावीच ११ घण्टापछि आइडी डिलिट गर्छ भने त्यसमा हाम्रो दोष रहन्छ ? यसमा लेखिएका कुरा सही या झूठ के हुन् राज्यका निकायले अनुसन्धान गर्ने बिषय हुन् । के सम्वन्धित निकायले यसलाई असत्य भनिसकेको अवस्था हो ?

यहि प्रशङमा श्रेष्ठले यो भनाइ पनि सार्वजनिक गरेका छन् –
“जिबीका नामबाट जनआस्थालाई हिजो आएको इमेल फेक,स्पाम (नक्कली) हैन । बिदेशबाटै आएको प्रमाणित भैसक्यो । यसमा कुनै कैफियत छैन । इमेलको आधिकारिकतामा कुनै शंका रहेन । त्यसमा उठाइएका कन्टेन्टवारे अब हामी बिस्तृत अनुसन्धान गर्दैछौं,ती कन्टेन्ट वयानका निम्ति नयाँ क्लु हुन् ।”
-साइबर ब्युरो,नेपाल प्रहरी प्रमुख डिआइजी नविन्द अर्याल
-केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी दिपक थापा

पत्रकार किशोर श्रेष्ठ आफ्नो फेशबुक स्टाटसमा लेख्छन् –
हामी किन इमेल सक्कली कि नक्कली भनेर झिङ्गाको टाउको उधिन्न समय,श्रम र सीप खर्च गरिरा”छौँ ? त्यसभित्रको कन्टेन्ट सही कि गलत पत्ता लगाउन छानबिन गर्ने निकायलाई साथ,सहयोग दिन किन कन्जुस्याइँ गरिरा”छौँ ? यत्तिका दिन भैसक्यो त । कि पाउनेलाई थाहा छ,कि पठाउनेलाई । हामी आफ्नो समाचारप्रति बिश्वस्त छौँ । आवश्यक भेरिफिकेशनपछि साइबर ब्युरो र सिआइबी पनि यसको सत्यतामा ढुक्क छन् । भन्छन् नि-शुभेच्छुकलाई सम्झाइरहन पर्दैन,आग्रह पाल्नेलाई जति बुझाए पनि चित्त बुझ्दैन ।

हामीले फेक इमेल कृयट गरेको भनेर आरोप लगाउने र बिषयान्तर गर्ने मित्रहरू,त्यति निकृस्ट काइते,किर्ते कर्म जनआस्थाले कहिल्यै गरेको छैन,गर्दैन र यदि तपाईंले लगाएको आरोप १% मात्रै पनि पुष्टि गर्न सक्नुभयो भने आजै म र मेरो टिमलाई हत्कडी लगाएर लग्दा हुन्छ । जिबीले भर्खरै पनि हामीलाई खबर पठाएका छन्-“तिनले हल्ला गर्दैमा केही फरक पर्दैन,हल्लामै रमाउन दिनोस् ।”

शंकाले लँका हान्ने पृय मित्रहरु,गर्नोस् सत्य तथ्यमाथि जतिसक्दो सत्तोसराप गर्नोस् तर एउटा प्रश्नको पहिले जवाफ दिन अल्छी नमान्नुहोला-ए जिबी राईजी,त्यो इमेल तपाईंको हो कि हैन भनेर किन उनैलाई सोध्न हिच्किचाइरा”छौँ ?

यस प्रकरणको सबैभन्दा आधिकारिक पात्र त उहाँ नै हैन र ? उहाँसङ्ग केही नसोधी वीचमा यो दन्तबझान किन ? उनले भनेकै छन्-सुरक्षाको वातावरण बनाइदिनोस्-आफ्नो भागको जिम्मेवारी लिन म आउँछु । आए उनैलाई सजिलो,नआए अदालत आफ्नो कोर्समा जान्छ नै । छविलाल जोशी समातिएको झण्डै ४० दिन भो,सहकारी ठगीमा अदालतलाई मुध्दा बुझाउनुअघि अनुसन्धानको हदम्याद ६० दिन हुन्छ । बाँकी २० दिन छ । केही दिन पर्खँदा पहाड पल्टन्छ ?

प्रतिक्रिया