रास्वपाका कार्यकर्ता पक्राउ

नेपालखोज २०८१ कार्तिक १३ गते १३:११

काठमाडाैं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालाई पक्राउ गरेको छ । बालुवाटारमा प्रदर्शन शुरु गर्ने तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हाे ।

रास्वपाले आज पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेको विरोधमा बालुवाटारमा प्रदर्शन शुरु गर्नेक्रममा रहेको छ ।

बालुवाटारस्थित नेपाल हाउसमा भेला भएका नेता कार्यकर्ताहरुलाई प्रहरीले हटाउने प्रयास गरेको छ भने केहि कार्यकर्तालाई पक्राउ गरेको सांसद गणेश पराजुलीले जानकारी दिएका छन् । सो क्षेत्र निषेधित क्षेत्र भएपछि प्रहरीले रास्वपा कार्यकर्तालाई त्यहाँबाट जान आग्रह समेत गरिरहेको छ ।

प्रतिक्रिया