ओटीटीमा खूंखार फिल्म !

काठमाडाैं । तपाईं चलचित्र तथा वेब सिरिजको पारखि हुनुहुन्छ भने तपाईका लागि ओटीटीमा केही नयाँ सिरिज उपलब्ध छन् । ओटीटीमा हिट साबित यी सिरिजको आनन्द घरमै बसेर लिन सकिन्छ ।
ओटीटीमा सेक्टर ३६
सेक्टर ३६ को ट्रेलर आफैंमा यति धमाकेदार थियो कि यो फिल्मको प्रदर्शन सम्म कुर्न पनि मानिसहरुलाई गाह्रो भयो । यो फिल्म नेटफ्लिक्समा १३ सेप्टेम्बर २०२४ मा रिलिज भएको हो , जुन एउटा सिरियल किलिङमा आधारित छ । यसलाई आदित्य निम्बालकरले निर्देशन गरेका हुन् । विक्रान्त मेसी, दीपक डोबरियाल र आकाश खुराना यसको मुख्य भूमिकामा छन् । यो फिल्म नोएडाको एउटा बहुचर्चित घटनामा आधारित छ ।
जी फाईभमा बर्लिन
बर्लिन एउटा जासूस थ्रिलर फिल्म हो जुन जी फाईभमा उपलब्ध छ । यो कथा ९० को दशकको दिल्लीको पृष्ठभूमिमा आधारित छ । यो फिल्ममा अपारशक्ति खुराना, इश्वाक सिंह तथा राहुल बोस मुख्य भूमिकामा छन्। अतुल सभरवाल द्वारा निर्देशित यो फिल्म सेप्टेम्बर १३ मा प्रिमियर भएको हो ।
मिस्टर बच्चन
यदि साउथ एक्शन हेर्न चाहने हो भने रवि तेजाको मिस्टर बच्चन हेर्न सकिन्छ । यो फिल्म अगस्टमा हलमा रिलिज भएपनि यसले राम्रो व्यापार भने गर्न सकेन । यो फिल्म सेप्टेम्बर १२ देखि नै नेटफ्लिक्समा उपलब्ध छ । यसमा तेलगु एक्शन थ्रिलर हेर्न पाइन्छ।
खलबली रेकर्ड्स
यदि टिभी सिरिज हेर्ने हो र त्यसमा पनि केहि म्यूजिकल टच हेर्न चाहना छ भने , यो शृङ्खला तपाईका लागि उपयुक्त छ । राम कपूर, सलोनी खन्ना, सलोनी बत्रा, स्कन्द ठाकुर , प्रभु दीप जस्ता कलाकारको अभिनयले सुसज्जित ‘खलबाली रेकर्ड्स’ १२ सेप्टेम्बर देखि जियो सिनेमामा स्ट्रीम भैसकेको छ ।
बेन्च लाइफ
तेलुगु टिभी शृंखला बेन्च लाइफ एउटा कमेडी ड्रामा हो जहाँ अफिसमा हुने द्वन्द्व हेर्न पाइन्छ तर ठट्यौली पारामा । सेप्टेम्बर १२ मा सोनी लिभमा रिलिज भएको बेन्च लाइफ वैभव रेड्डी, ऋतिका सिंह र चरण पेरी जस्ता कलाकारहरु द्वारा अभिनित वेब सिरिज हो ।
एमिली पेरिस सीजन ४ भाग २
नेटफ्लिक्सको लोकप्रिय श्रृंखला एमिली इन पेरिस हाल यसको पछिल्लो सिजनका कारण समाचारमा छ। यसका अहिलेसम्म ४ सिजन प्रशारणमा आइसकेको छ र ती सबै हिट भएका छन् । अब यसको चौथो सिजनको दोस्रो भाग नेटफ्लिक्समा उपलब्ध छ।
यो फिल्मको कथा अमेरिकाबाट फ्रान्स आएकी एमिलीको हो । उनी मार्केटिङ कम्पनीमा काम गर्छिन् । परदेशमा महिलाले के – कस्ता किसिमका चुनौतिहरुको सामना गर्नुपर्ने हुन्छ भन्ने कुरा यसमा राम्रोसँग देखाईएकोछ ।
प्रतिक्रिया