बिहीबार, वैशाख १३, २०८१

किन खोज्दै थिए सुशान्त नयाँ घर ?

नेपालखोज २०७७ असार ३ गते १२:३९

मीना साउँद,
काठमाडौँ । कम समयमा धेरै चर्चा बटुल्न सफल बलिउड अभिनेता सुशान्तसिंह राजपुत आफ्नी प्रेमिका रिया चक्रवर्तीसंग विहे गर्ने योजनामा थिए, यसको खुलासा एक ब्रोकर सनी सिंहले गरेका छन् । ति ब्रोकरले भने, ‘सुशान्त विहेपछि नयाँ घरमा सर्ने योजनामा थिए जसका लागि नयाँ घर खोजिरहेका थिए ।’

बलिउड अभिनेता सुंशातसिंह राजपूतले आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए । उनको निधनले अहिले उनका भारतीय मात्रै नभई नेपाली फ्यानहरू पनि मर्माहत बनेका छन् । ‘डान्स रियालिटी शो’ देखि लिएर बलिउडसम्मको यात्रा तय गर्दा उनले निकै संघर्ष गरेका थिए ।

त्यहि मेहेनत अनि संघर्षका कारण सुशान्तसिंह राजपुत छोटो समयमा निकै चर्चित पनि बने । टिभी सिरिएल ‘पवित्र रिश्ता’ बाट निकै चर्चित बनेका सुशान्तले बलिउडमा ‘काइ पो चे’ बाट डेब्यु गरेका थिए । त्यसपछि उनले निरन्तर ‘एमएस धोनी द अनटोल्ड स्टोरी’, ‘केदारनाथ’ जस्ता उत्कृष्ट फिल्ममा अभिनय गरेका थिए ।

सुशान्तको निधनपछि बलिउडमा कैयौ प्रश्न खडा भइरहेका छन् । यतिबेला उनको प्रोफेशनल लाइफदेखि लिएर पर्सनल लाइफसम्मका कुराहरु बाहिर आइरहेका छन् । उनका साथीभाइ अनि प्रेमिका रिया चक्रवर्तीबारे पनि कुराहरु बाहिर आइरहेका छन् । ती ब्रोकरले सुशान्तको अहिलेको घर पनि उनकी प्रेमिकासंग मिलेर लिएको हुन सक्ने बताएका छन् ।

हाल सुशान्तसंग आफ्नै घर थियो तर पनि दुवै जना मिलेर नयाँ घर खोजिरहेका थिए, किनभने सुशान्तको लेट नाइट पार्टीजका कारण उनि बस्ने सोसायटीको गुनासो थियो जसका कारण उनि नयाँ घरको खोजीमा रहेका थिए । केहि समय पहिले सुशान्त आफ्नी प्रेमिका रिया चक्रवर्तिसंग लिव इन रिलेशनमा बसेका थिए ।

तर पछि उनिहरुको सम्बन्धमा केहि खटपट भएपछि अलग बस्न थालेको स्रोतले बतायो । सुशान्तको निधनले यतिबेला उनको परिवार अनि सिंगो बलिउड क्षेत्र नै शोकमा डुबेको छ । सुशान्तको निधनको जिम्मेदार बलिउडका केहि व्यक्ति रहेको केहिको बुझाइ छ ।

प्रतिक्रिया