महाकवि देवकोटाको सम्झनामा
६ दाजुभाई र ७ दिदीबहिनीको बीच जन्मिएका लक्ष्मीप्रसाद बुबा तिलमाधव तथा माता अमर राज्य लक्ष्मीका तेश्रो छोरा थिए । मन र साहित्यिक लगावले धनी देवकोटाले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता कृति तथा असंख्य कविता तथा निवन्ध समेत लेखेका थिए । लक्ष्मीपूजाको दिन जन्मिए पनि सरस्वतीको स्नेह भने अत्यधिक पाए ।
दैनिक १८ घण्टा सम्म पनि ट्युशन पढाउँथे उनि । उनले कविता मार्फत ूउद्धेश्य के लिनु उडी छुनु चन्द्र एकू भनेर लेख्दा पागलपनको संज्ञा दिए तर उनको मृत्युको १६ घण्टा अगाडी रूसले यसलाई सम्भव बनाए । रकेट चन्द्रमामा पुगेको समाचारले सबै तरंगित भए । देवकोटालाई पागलपनको संज्ञा मात्रै दिइएन, परिवारले मानसिक रुपले बिक्षिप्त बनेको भनेर ६ महिना भारतको राँचीमा रहेको प्रख्यात मानसिक अस्पतालमा उपचार समेत गराए । २०१० सालमा उनले ूपागलू कविता समेत लेखेका थिए ।
पागल
जरुर साथी म पागल १ यस्तै छ मेरो हाल !
तिमी चतुर छौ बाचाल
तिम्रो शुद्ध गणित–सूत्र हरहमेशा चलिरहेको छ
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु !
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्यिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सङ्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैको उल्टो !
तिम्रो संसार ठोस छ !
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ !
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढिकीको बाटुलो सत्यलाई !
मेरो छ बजे काँढाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल !
जरुर साथी !
मेरो एक नशा ढीलो छ ।
यस्तै छ मेरो हाल !
म माघको ठण्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ,
दुनियाँले मलाई तरङ्गी भने !
भस्मेश्वरबाट फर्कदा सात दिन
टोह्लाएको देखेर
भूत लागेको भने !
एक सुन्दरीका केशमा
समयका तुषाराको
पहिला छिर्का परेको देखेर
म तीन दिन रुँदा,
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने !
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुला भने !
एक सूनसान औंसीले मलाई निशास भएर
म प्रलय–वेदनाले उफ्रेँ !
मूर्खहरुले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे !
म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुगहरुले,
राँची पठाइदिए !
म आफूलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ,
एक साथीले बेसरी चिमटिदिए
र भने, “ए पागल तेरो मासु अझ मरेको छैन !”
यस्ता कुरा भए साल, साल !
पागल छु साथी !
यस्तै छ मेरो हाल !
राजा पृथ्वीनारायण शाहका साथ काठमाडौं आएका कवि बिद्याधर पण्डितका वंशजमा जन्मिएका लक्ष्मीप्रसाद कूलले नै कवि थिए । तसर्थ वंशानुगत गुण आएको थियो । त्यसैले महाकवि बने ।
डा।के।आई। सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषदमा शिक्षा तथा स्वायत्त शासनमन्त्री समेत बनेका थिए । यसै समयमा पोखरा आइ पुगेका देवकोटाले पोखरामा बनेको के।आइ।सिंह पुलका लागि समेत आर्थिक सहयोग गरेका थिए ।
२०१६ साल भदौ २९ गते देहावसान भएको थियो । वहाँको मृत्यु पछि श्री ५ को सरकारले महाकवीको श्रृण तिर्न रु २२ हजार नगद तथा काजकृयाका लागि रु ३ हजार प्रदान गरेको थियो । साथै दुइ छोराका लागि पनि मासिक रु १०० दिने घोषणा गरेको थियो ।
हालका मैला सुनका थैला, के गर्नु धनले
साग र सिस्नु खाएको वेश आनन्दी मनले ।
प्रतिक्रिया