सोमबार, वैशाख १५, २०८२

क्षयरोग फेरि विश्वको सबैभन्दा घातक रोग

नेपालखोज २०८१ कार्तिक १६ गते १९:४५

विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्षयरोग फेरि विश्वकै सबैभन्दा घातक संक्रामक रोग बनेको छ, जसका कारण कोभिड–१९ भन्दा बढी मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनको नयाँ’ ‘ग्लोबल ट्युबरकुलोसिस रिपोर्ट – २०२४ अनुसार सन् २०२३ मा ८२ लाख मानिस क्षयरोगबाट संक्रमित हुनेछन्, जुन सन् १९९५ मा निगरानी सुरु भएयताकै उच्च हो। यो संख्या २०२२ को ७५ लाख नयाँ केस भन्दा धेरै हो ।

प्रतिवेदन अनुसार २०२३ मा क्षयरोगबाट संक्रमित व्यक्तिहरूको अनुमानित संख्या १.०८ करोड छ, जसमा औपचारिक रूपमा पत्ता नलागेकाहरू पनि समावेश छन् । यद्यपि अनुमानित र रेकर्ड गरिएका केसहरूबीचको अन्तर घटेर २७ लाख पुगेको छ, जुन कोभिड–१९ महामारीको समयमा ४० लाख पुगेको थियो।

बढ्दो मृत्यु र चिन्ता

२०२३ मा क्षयरोगका कारण १२.५ लाख मानिसको मृत्यु भएको थियो, जुन २०२२ मा भएको १३.२ लाखको मृत्युभन्दा केही कम हो। यसका बावजुद यो संख्या २०२३ मा कोभिड–१९ का कारण मृत्यु भएका ३.२ लाखभन्दा धेरै हो ।

एचआईभी भन्दा क्षयरोगले धेरै मानिस मार्छ

२०२३ मा एचआईभीका कारण ६.८ लाखको मृत्यु भएको थियो भने क्षयरोगका कारण मृत्यु हुनेको संख्या झण्डै त्यसको दोब्बर छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयसस भन्छन -हामीसँग क्षयरोग रोक्ने , पत्ता लगाउने र उपचार गर्ने औजारहरू हुँदा पनि यसले यति धेरै मृत्यु र बिरामीहरू निम्त्याइरहेको छ भने त्यो अचम्मको कुरा हो। उनले क्षयरोग विरुद्ध कदम चाल्न सबै देशलाई अपील समेत गरेका छन् ।

प्रतिवेदनमा केही सकारात्मक संकेत पनि छन् । कोभिड–१९ को महामारीको प्रभावबाट जोगिन गरिने उपायले क्षयरोग पनि घटेको छ र क्षयरोगबाट हुने मृत्यु घट्दै गएको छ । तर, यो अझै पनि विश्व स्वास्थ्य संगठन को ुक्षयरोगको समाप्तिु रणनीति अन्तर्गत तोकिएको लक्ष्यभन्दा धेरै पछाडि छ। यस रणनीति अन्तर्गत सन् २०२५ सम्ममा क्षयरोगका बिरामीलाई ५० प्रतिशतले घटाउने लक्ष्य राखिएको छ । सन् २०१५ र २०२३ को बीचमा क्षयरोगका घटनामा ८।३ प्रतिशत मात्र कमी आएको छ ।

क्षयरोगले निम्न र मध्यम आय भएका देशहरूमा सबैभन्दा बढी प्रभाव पार्छ। विश्वमा क्षयरोगका ८७ प्रतिशत बिमारि ३० वटा देशमा छन् जसमध्ये भारत, इन्डोनेसिया, चीन, फिलिपिन्स र पाकिस्तान सबैभन्दा बढी प्रभावित छन् । सन् २०२३ मा क्षयरोगबाट संक्रमित हुनेमा ५५ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र १२ प्रतिशत बालबालिका तथा किशोरकिशोरी थिए।
प्रतिवेदन अनुसार औषधि प्रतिरोधी क्षयरोग ९ःम्च्रच्च्(त्द्य० का केसहरूमा सुधार आएको छ।

सामान्य क्षयरोग मा उपचार सफलता दर ८८ प्रतिशत छ, जबकि एमडीआरर आरआर टिबिमा यो ६८ प्रतिशत पुगेको छ।
यो सुधार डब्ल्यूएचओ द्वारा सिफारिस गरिएको साना र कम विषाक्त उपचार कार्यक्रमहरूको परिणाम हो।

यद्यपि औषधि प्रतिरोधी क्षयरोगका ४ लाख बिरामीमध्ये ४४ प्रतिशतको मात्र सही निदान र उपचार भएको छ । हल्का क्षयरोग भएका व्यक्तिहरूमध्ये ६३ प्रतिशतले ब्याक्टेरियोलोजिकल निदान गरेका थिए र ७५ प्रतिशतले उपचार पाएका थिए।

क्षयरोगको उपचार खर्च पनि ठूलो समस्या प्रतिवेदन अनुसार ५० प्रतिशत बिरामीले उपचारका क्रममा विनाशकारीू खर्चको सामना गर्छन् जसको अर्थ उनीहरूको उपचार खर्च उनीहरूको आयको २० प्रतिशत भन्दा बढी हुनु हो । विशेष गरी स्वास्थ्य सेवा सीमित भएका देशहरूमा यो अवस्था खराब छ। प्रतिवेदनले क्षयरोग सेवाका लागि बजेटको अभावमा पनि जोड दिएको छ।

सन् २०२३ मा भएको संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठकमा सन् २०२७ सम्ममा क्षयरोग सेवाका लागि प्रत्येक वर्ष २२ अर्ब डलर सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । तर २०२३ मा ५.७ अर्ब डलर मात्र उपलब्ध भयो जुन विगत तीन वर्षको तुलनामा कम र कुल आवश्यकताको २६ प्रतिशत मात्र हो ।

क्षयरोगको उपचार र निदानको क्षेत्रमा नयाँ प्रगति भइरहेको प्रतिवेदनमा उल्लेख छ । हाल, ज्ञछ त्द्य जस्ता खोपहरू विकासका क्रममा छन् जसकभ ६ उच्च जोखिम भएका देशहरूमा परीक्षण भइरहेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२८ सम्ममा कम्तीमा एउटा नयाँ र प्रभावकारी क्षयरोगको खोप उपलब्ध हुने आशा व्यक्त गरेको छ।

एपी

प्रतिक्रिया